सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्युजिल्यान्डद्धारा भारतलाई २ सय ७४ रनको लक्ष्य

२०८० कार्तिक ५, ०७:०८ खबर संवाददाता

ईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनको लक्ष्य दिएको छ। धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो।

न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए। उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए। यस्तै रचिन रविन्द्रले ७५ रन जोडे। बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए। न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस