सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङमा फेरि भूकम्पको धक्का

२०८० कार्तिक ५, ०६:०३ खबर संवाददाता

धादिङमा आज (आइतबार) एकैदिन पाँचपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक अपराह्न ४ बजे ३ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि धादिङ केन्द्रबिन्दु भएर चारपटक भूकम्प गइसकेको छ।

सुरुमा बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस