सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी पुग्यो

२०८० कार्तिक ५, ०५:५४ खबर संवाददाता

धनगढीः इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ।

इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो । धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो।

No description available.

चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको हो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

No description available.

न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार विहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो। गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।
 

कमेन्ट लोड गर्नुस