सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८० कार्तिक ५, ०८:२३ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना भएको छ।

गोदावरी नगरपालिका-५ गेटा स्थित भित्री सडक खण्डमा से १ त  ७९४५ नम्बरको  ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना भएको हो। दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका-५ बरबटाका ३४ वर्षीय बख्खु बि.क. घाइते भएका छन्। घाइते बि.क.को पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस