सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा कार दुर्घटना हुँदा बैतडीका तीन जना घाइते

२०८० कार्तिक ३, ०५:३२ खबर संवाददाता

काठमाडौँबाट धादिङतर्फ आउँदै गरेको कार शुक्रवार नागढुंगामा दुर्घटना भएको छ। बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर बैतडीका तीनजना घाइते भएका छन्।

घाइते हुनेमा बैतडीका भवानसिंह रावल, उनकी पत्नी वसन्तीकुमारी रावल र छोरा सिरिस रावल रहेका छन्। घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस