सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगलागी, दुई पशुचौपाया मरे 

२०८० कार्तिक ३, ०८:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा आगलागीबाट दुई पशुचौपाया मरेका छन्, भने १ गाई घाईते बनेको छ। जिल्लाको पुनर्वास नगरपालिका-१ बलभद्रबस्तीका ५२ वर्षीय बलबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई बिहीवार राति आगलागी भएको हो।

अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस