चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयाघात, अस्पताल भर्ना
तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात भएको छ।
श्रेष्ठको सचिवालयका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बताए। श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले जानकारी दिए।
बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। उनी गत असोज २९ गते चीन गएका थिए।