सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० कार्तिक २, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका-२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगर पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कैलालीले वन मुद्धामा २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस