सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ नोट साट्ने सुविधा भोलिसम्म

२०८० कार्तिक २, ०८:१४ खबर संवाददाता

नेपाल राष्ट्र बैङ्कबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन्। गत सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात् कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन्।

नयाँ नोटका लागि काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैङ्क र वाणिज्य बैङ्कहरूले तोकेको शाखाबाट सटही भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

कमेन्ट लोड गर्नुस