कञ्चनपुरमा वन मौरीको मह निकाल्ने क्रममा रूखबाट खसेर एक जनाको मृत्यु
२०७६ वैशाख १६, ०४:०७
कञ्चनपुरमा वन मौरीको मह निकाल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–४ किचाइका ४८ वर्षीय लोकबहादुर देउवा रहेका छन्।
आइतबार ग्वासी समैजी सामुदायीक वनमा वन मौरीको मह निकाल्ने क्रममा उनकोे रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए।
कमेन्ट लोड गर्नुस