सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १७ र १८ गते देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

२०८० कार्तिक १, ०५:१९ खबर संवाददाता

काठमाडौँः  सरकारले कार्तिक  १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले यसअघि प्रत्येक वर्ष पहिलो चरण कार्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कार्तिक १७ र १८ गते संचालन गर्न लागिएको हो।

महाशाखा प्रमुख डा. विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ। सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस