सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिदेशीय टी–२० श्रङलामा नेपालको विजयी शुरुवात

२०८० कार्तिक १, ०४:५६ खबर संवाददाता

काठमाण्डौँः  त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रङलामा नेपालले विजयी शुरुवात गरेको छ। आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायो। यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेटायो।

नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। दुवै जना नटआउट रहे। बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १÷१ विकेट लिए। यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो।

यूएईका बसिल हमीदले अर्धशतक बनाए। उनी ३८ बलमा ५१ रन बनाएर आउट भए। यस्तै अली नसीरले ३२ रन जोडे। बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १÷१ विकेट लिए। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो।
 

कमेन्ट लोड गर्नुस