सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपमा सुचारु हुने

२०८० कार्तिक १, ०७:४७ खबर संवाददाता

बैतडीः बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपले सुचारु हुने भएको छ। भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो।

झुलाघाट पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबारबाट पूर्ण रुपमा आवागमन सुचारु हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ।

पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो। भारतीय पक्षले पुल मर्मतसम्भारको काम पुरा गरिसकेकाले आजदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।


 

कमेन्ट लोड गर्नुस