सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिदेशीय शृङ्खलामा आज नेपाल र युएई भिड्दै

२०८० कार्तिक १, ०७:१९ खबर संवाददाता

काठमाडौंः नेपाल, युएई र हङकङ सहभागी त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला बुधबार सुरु हुँदैछ। विश्वकप टी २० छनोटको तयारीअनुरूप हुन लागेको यस प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईसँग मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे खेलेर शृङ्खलाको सुरुवात गर्नेछ।

नेपालले बिहीबार हङकङको सामना गर्नेछ। त्यसपछि नेपालले तेस्रो खेल शनिबार हङकङविरुद्ध र चौथो खेल सोमबार युएईविरुद्ध खेल्नेछ। एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच कात्तिक १० गते फाइनल खेलिनेछ।

कप्तान रोहितले नेपालका स्टार स्पिनर सन्दीप लामिछाने टिममा नहुँदा भने केही प्रभाव पर्ने बताए। सन्दीपले प्रतियोगितामा खेल्न आफू मानसिक रूपमा तयार नभएको र परिवारसँग समय बिताउन चाहेको भन्दै आफ्नो नाम फिर्ता लिएका छन्। 

रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन्।

कमेन्ट लोड गर्नुस