सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलबाट भारतले १८ जना नेपाली ल्याउदै

२०८० असोज ३०, ०७:३१ खबर संवाददाता

काठमाडौं : युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन्। भारत सरकारको ’अपरेशनअजय’ अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत फर्किन लागेको जानकारी दिएका छन्। उनले ट्वीटरमा अपरेशनअयज अभियानमार्फत् २८६ जना यात्रु इजरायलबाट भारत फर्किन लागेको जानकारी दिएका हुन्। त्यसमध्ये १८ जना नेपाली नागरिक रहेको उनले उल्लेख गरेका छन्।

यसअघि नेपाल सरकारले इजरायलमा रहेका २५४ जना विद्यार्थीलाई स्वदेश फिर्ता ल्याएको थियो। नेपाल एयरलायन्सको विमानबाट हमास आक्रमणमा परी घाइते भएका एक जनासहित २५४ जनालाई सरकारले नेपाल फर्काएको थियो।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा दस जना नेपालीको मृत्यु भएको थियो। चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन्। परराष्ट्र मन्त्रालयले सम्पर्कविहनी रहेका विपिन जोशीको खोजीकार्य भइरहेको जानकारी दिएको छ। घाइते तीन जना भने तेल अविवस्थित नेपाली दूतावासको संरक्षणमा रहेका छन्। मृत्यु भएका दस जना नेपालीको शव इजरायल सरकारले नै नेपाल ल्याइदिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस