सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–लाओस भिड्दै

२०८० असोज ३०, ०९:०८ खबर संवाददाता

काठमाडौं: फिफा विश्वकप छनोट अन्तरगत पहिलो चरणको दोस्रो लेगमा आज नेपालले लाओसँग खेल्दैछ।

 खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे लाओसको घरेलु मैदानमा सुरु हुनेछ। नेपाल गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगमा एक एक गोलको बराबरी खेल्दै हारबाट जोगिएको थियो।

पहिलो लेगमा लाओसले ३३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। दोस्रो हाफमा अन्जन बिस्टले बराबरी गोल फर्काए। घरेलु समर्थक माझ अपेक्षा अनुसारको खेल प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो लेग जीत हात पार्ने विश्वास लिइएको छ।

लाओसले आफ्नो मैदानमा नेपाललाइ स्तब्ध पार्ने लक्ष्य राखेको छ। फरवार्ड अन्जनका लागि यो खेल ऐतिहासिक बन्न सक्छ। यदि उनले आज  गोल गरे राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको किर्तिमान बनाउने छन्।

त्यसअधि हिजो भएको प्रि म्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्धको खेल आफ्नो करियरको महत्वपूर्ण मध्येको एक भएको प्रतिक्रिया दिए। भिन्चेन्सोले दोस्रो चरण प्रवेश गर्ने हो भने जित्नुको विकल्प नभएको धारणा राखे।

कमेन्ट लोड गर्नुस