सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षकसँगको सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा संशोधन

२०८० असोज २९, ०९:४० खबर संवाददाता

काठमाडौंः  विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन्। सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु वर्षमान पुन, माधव सापकोटा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

‘सरकारले शिक्षकहरुसँग गरेको सहमतिका आधारमा विषय बनायो। हामीले त्यसलाई अगाडि बढायौं’, सापकोटाले भने। २७ भदौ २०८० मा सरकारले विद्यालय शिक्षा विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेसँगै शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक काठमाडौंमा भेला भएर आन्दोलनमा उत्रेका थिए।

सरकारले असोज ५ गते शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षकसँग उनीहरुको माग पूरा गर्ने सहमति गरेको थियो। उक्त सहमतिका आधारमा सरकारले संशोधनका विषयहरु तय गरेको थियो। त्यसलाई सत्तारुढ दलका सांसदमार्फत संशोधन प्रक्रियामा अगाडि बढाइएको हो। यीसहित विद्यालय शिक्षा विधेयकमा सोमवारसम्म सत्तापक्ष र विपक्षका सांसदले गरी १६५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।
 

कमेन्ट लोड गर्नुस