सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समेटियो
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/WomenCricket_vcZrc5Hwok.jpg?itok=JN0UozDB)
२०८० असोज २९, ०५:११
काठमाडौँः सन् २०२८ मा अमेरिकाको लस एन्जेलसमा हुने ओलम्पिक गेम्समा क्रिकेट खेल पनि हुने भएको छ। भारतमा जारी इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) सेसनअन्तर्गत सन् २०२८ को ओलम्पिकमा क्रिकेट राख्ने निर्णय भएको हो।
सन् १९०० पछि पहिलो पटक ओलम्पिकमा क्रिकेटलाई समेटिएको बीबीसीले जनाएको छ। ओलम्पिकमा पुरुष र महिला दुवैको टी–ट्वान्टी फर्म्याटको क्रिकेट खेल राखिने अनुमान गरिएको छ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस