शेयर बजारमा २३ अङ्कको गिरावट
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/NEPSE-1.jpg?itok=HfucFJ6W)
काठमाडौँः शेयर बजार आज सोमवार २३ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेको छ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशतले घटेको छ।
समग्रमा बजार घटेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेको छ। आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर ६ करोड २४ लाख रुपैयाँमा किनबेच भयो।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)