कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी बुधवार विश्वासको मत लिने भएका छन्।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिवार नियुक्त मुख्यमन्त्री कार्कीले दशैंअघि नै विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव कात्तिक १ गते बुधबारको बैठकमा पेस गर्न आग्रह गर्दै प्रदेशसभा सचिवालयमा सोमवार पत्र दर्ता गराएका छन्।
एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। आइतवार शपथ लिएका कार्कीले एमालेबाट राम राना तथा कांग्रेसबाट शमशेर राईलाई विनाविभागीय मन्त्रीसमेत नियुक्त गरिसकेका छन्।