धनगढी वडा नम्बर १ को नेपाल तरुण दलद्वारा सरसफाई कार्यक्रम

२०८० असोज २९, ०९:१४
धनगढीः धनगढी वडा नम्बर १ को नेपाल तरुण दलद्वारा सरसफाई कार्यक्रम गरिएको छ। विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर नेपाल तरुण दलले वडा नम्बर-१ को त्रिवेणी चोकमा आइतवार सरसफाई गरेको दलले बताएको छ।
कार्यक्रममा धनगढी वडा नम्बर-१ का वडा अध्यक्ष सन्तोष मुडभरी प्रमुख अथिती तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य अमृत बीसी विशिष्ट अथिति रहेका थिए। नेपाल तरुण दलका अन्य सदस्यहरुको समेत सहभागितामा सरसफाई कार्यक्रममा सम्पन्न गरिएको दलले जानकारी दिएको छ।


कमेन्ट लोड गर्नुस