सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा नाराबाजी

२०८० असोज २८, ०६:११ खबर संवाददाता

धनगढीः हवाई भाडा बढाएको भन्दै धनगढी विमानस्थलमा बिरोध तथा नाराबाजी गरिएको छ।

दशैंका बेला हवाई भाडामा एयरलाइन्स कम्पनीहरुले हवाई उडानमा मनपरी भाडा बढाएको भन्दै नाराबाजी गरिएको हो। आइतबार कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले धनगढी विमानस्थलमै गएर हवाई भाडा वृद्धिको विरोधमा नाराबाजी गरेका छन्। उनीहरुले हवाई यातायातमा भाडा बढाएको भन्दै विरोधमा उत्रिएका हुन्।

अरु नियमित समयमा ६ हजार रहेको काठमाडौं–धनगढी उडानको भाडा दशैंका बेला २० हजारसम्म पु¥याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दशैंका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको कांग्रेसका कार्यकर्ता प्रकाशबहादुर सिँहले बताए।

कमेन्ट लोड गर्नुस