सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकाे वनदेवी मन्दिर क्षेत्रमा सरसफाइ

२०८० असोज २८, ०७:४० खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीको वनदेवी मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ। घटस्थापनाको अघिल्लो दिन शनिवार मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो। दिनेश फाउन्डेशनले प्रत्येक वर्ष दशैँको समयमा मन्दिर क्षेत्रमा सरसफाइ गर्दै आएको छ। फाउन्डेशनले मन्दिर क्षेत्रमा रङ्गरोगन तथा सरसफाइ गर्दै आएको हो।

आइतवार घटस्थापना भएकाले शनिवार मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ। वनदेवी मन्दिरमा घटस्थापना गरिदै आएको छ। मन्दिरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले बलीसमेत दिने गरेका छन्। उनीहरूले फूलपाती पनि वनदेवी मन्दिरबाट भित्र्याउदै आएका छन्।

कमेन्ट लोड गर्नुस