सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्तरीय स्वास्थ्यका कार्यक्रम मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम

२०८० असोज २७, ०९:०१ खबर संवाददाता

धनगढीः  प्रदेश स्तरीय स्वास्थ्यका कार्यक्रम मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ। प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्र प्रदान गरिएको छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलाई सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। यस्तै, स्वास्थ्यका कार्यक्रम कार्यान्वयन गरेको भन्दै स्वास्थ्य कार्यालय अछाम दोस्रो तथा स्वास्थ्य कार्यालय  बैतडी र दार्चुलाले तेस्रो स्थान हासिल गरेका छन्।

स्वास्थ्य कार्यालय कैलालीले ८८ दशमलव ७५ अङ्क हासिल गरेर प्रथम भएको हो भने स्वास्थ्य कार्यालय अछामको ८२ दशमलव ५ र  बैतडी तथा दार्चुला स्वास्थ्य कार्यालयलाई समान ८२ अङ्क मिलेको थियो। स्वास्थ्य कार्यालय अछाम, बैतडी र दार्चुलाका प्रमुखहरूलाई पनि मन्त्री साउँदले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका  हुन्।
 

कमेन्ट लोड गर्नुस