सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा योनीभित्र ड्रग्स! २० वर्षीया एक युवती पक्राउ

२०८० असोज २७, ०६:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ड्रग्ससहित एक युवती पक्राउ परेकी छन्।

उनी शुक्रबार पक्राउ परेकी हुन्। योनीभित्र ड्रग्स ल्याइरहेको अवस्थामा ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले ती युवतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलकी २० वर्षीय अनुस्का सिंह ठकुरी रहेको प्रहरीले बताएको छ। उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हिरोइन बरामद गरिएको छ। त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागुऔषध निकालेको थियो। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस