सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल एक महिना बन्द भए सवैभन्दा बढि स्वास्थ्य क्षेत्र प्रभावीत हुने

२०७६ वैशाख १६, ११:२७ नवराज पनेरु

धावनमार्ग मर्मतका लागि  धनगढी विमानस्थल एक महिना सम्म बन्द भए सुदूरपश्चिममा सवैभन्दा बढि स्वास्थ्य क्षेत्र प्रभावीत हुने देखिएको छ। स्वास्थ्य सेवामा पनि धेरैजसो जटिल प्रकृतीका र अन्य रेफर गरिएका विरामीहरुलाई उपचारका लागि अन्य लैजान ठुलो समस्या हुने देखिएको छ। सेती अचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले प्राय जसो दैनिक गम्भीर प्रकृतिका एक÷दुई जना विरामी उपचारका लागि काठमाडौँ जाने गरेको बताए।

उनले विमान स्थल बन्द भए त्यस्ता विरामीहरु समस्या पर्ने बताए। धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएका विमान कम्पनीहरुका अनुसार औसतमा एक जहाजमा कम्तिमा ५ प्रतिशत विरामीहरु हुन्छन्। सो तथ्याङकलाई आधार मान्ने हो भने दैनिक रुपमा ३५ देखि ४० जना विरामीहरुले हवाई यात्रा गर्दै आएका छन्। त्यसमा धेरै विरामीहरु आकस्मिक उपचारका लागि काठमाडौँ जाने हुने गरेको श्री एयरलाईन्का धनगढी इृन्चार्ज गजेन्द्र शाही बताउछन्।

 धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई  दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई÷दुई उडान भर्दै आएका छन्। तर एक महिना सम्म उडान बन्द भए विरामीलाई उपचारका लागि काठमाडौँ लैजान के सडक यात्रा रोज्न पर्ने छ भने नभए धनगढीदेखि नेपालगञ्ज सम्म सडक यात्रा गर्दै त्यसपछि मात्रै हवाई यात्रा गर्नुपर्ने बाध्यता हुने  बुद्ध एयरलाईन्सका धनगढी ईन्चार्ज बुधराम चौधरीले बताए।

धावन मार्ग अति जिर्ण भईसकेकाले स्तर बृद्धिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म एक महिनाका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ। तर अन्य विमानस्थलमा भने सुचारु भएकै अवस्थामा मर्मतको काम जारी रहेकोले धनगढीमा पनि त्यस्तै गर्नुपर्ने माग हुँन थालेको छ। नभए समयमै उपचार नपाएर विरामीले ज्यान गुमाउन पर्ने बाध्यता पनि आउन सक्ने देखिएको छ।  
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस