सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा पुरुष भलिबल च्यालेन्जकपमा नेपाल साउदीसँग पराजित

२०८० असोज २६, ०६:१२ खबर संवाददाता

काभा पुरुष भलिबल च्यालेन्जकपमा नेपालले दोस्रो हार ब्यहोरेको छ। श्रीलंकामा जारी प्रतियोगितामा शुक्रवार भएको खेल पाँच सेटसम्म चलेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल साउदी अरेबीयासँग ३–२ को सेटमा पराजित भएको हो।

पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२१ ले जित्दै खेलमा फर्किएको थियो। त्यसपछिको तेस्रो सेटमा नेपाललाई २५–२३ ले पराजित गर्दै साउदी एक सेटले अगाडी रह्यो। त्यसपछिको चौथो सेटमा नेपालले पुनरागमन गरेको थियो।

चौथो सेट नेपालले २७–२५ले आफ्नो पक्षमा पार्दै खेल पाँचौं तथा निणार्यक सेटमा पुर्‍याएको थियो। तर अन्तिम तथा निणार्यक सेटमा नेपाल चुक्न पुग्यो। नेपाल साउदी अरेबीयासँग १६–१४ ले पराजित भयो। नेपालले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दा दोस्रो खेलमा आयोजक श्रीलंकासँग पराजित भएको थियो।

कमेन्ट लोड गर्नुस