सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ९ लाख बराबरको अवैध सामानसहित एक व्यापारी पक्राउ

२०८० असोज २४, ०९:४० खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो।

सामानहरु क्यारिङ गर्ने व्यक्तिहरुको पिछा गर्दै जाँदा गुप्ताले घरमा संचालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब नौँ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो।

बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस