सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० असोज २४, ११:३४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८५ हजार मूल्य बराबरको लेडिज सुट, गुट्का लगायतका सामान, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर चोक स्थित सडक किनाराबाट अन्दाजी ३२ हजार ७ सय ५० मूल्य बराबरको चिनी, मिश्री लगायत श्रृंगारका सामान र बेलौरी नगरपालिका ७ पौलाहा चोकबाट अन्दाजी ६३ हजार २ सय मूल्य बराबरको ग्रिस, एयर फिल्टर, फ्युल फिल्टर, भारतीय नम्बर प्लेटको मोटरसाईकल १ थान लगायतका सामान गरि अन्दाजी १ लाख ८० हजार ९ सय ५० मूल्य बराबरको सामान मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका २ बौनिया स्थित भजनी सडक खण्डबाट भन्सार छलीका अन्दाजी ४३ हजार ५ सय ५० मूल्य बराबरको जुता, चप्पल मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस