सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एमाले अधिवेशनः पाँच पदमा २३ जनाको उम्मेदवारी

२०८० असोज २३, ०१:१४ खबर संवाददाता

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ।

एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्व चयन गर्न आज (मंगलबार) साँझ ५ बजेदेखि निर्वाचन हुँदैछ। आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ। प्रदेश अधिवेशनको लागि उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

सचिवमा भने रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन्।

कमेन्ट लोड गर्नुस