सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा

२०८० असोज २३, ०८:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा दिइएको छ।

इजरायलमा हमासको आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको दुखद निधन भएकाले विश्वविद्यालयका सबै निकायमा आज शोक बिदा दिइएको विश्वविद्यालयले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइने परिपेक्ष्यमा सोही दिन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा अन्य निकायहरुमा शोक बिदा दिइएको जनाइएको छ। मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका छन्।

कमेन्ट लोड गर्नुस