सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघाडीबाट ट्याक्टरसहित अवैध काठ बरामद

२०८० असोज २२, ०८:४८ खबर संवाददाता

धनगढीः  कैलालीमा सोमवार अवैध काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–४ रामपुरबाट ट्याक्टरसहित १० गोलिया सालको अवैध काठ बरामद गरीएको हो। सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो।

से १ त ५०७५ नम्बरको ट्याक्टरमा १० गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले बताए। ट्याक्टर छोडेर फरार भएका तस्करहरूको खोजी कार्य भई रहेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख भट्टराईले बताए।
 

कमेन्ट लोड गर्नुस