सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा बस दुर्घटना, तीन जना घाइते

२०८० असोज २२, ०६:१८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा बस दुर्घटना भएको छ।

धनगढीबाट डडेल्धुराका लागि छुटेको बस आज (सोमबार) बिहान ११ बजे अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्।

घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। घाइतेको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस