सुदूर नेपाललाई विश्वसँग जोड्दै

४५ वर्षीया महिलालाई करणी गरी फरार रहेका जोशी आइतवार पक्राउ

२०८० असोज २२, ०४:०५ खबर संवाददाता

बैतडीः  बैतडीका एक युवक करणीको आरोपमा पक्राउ परेका छन्। जिल्लाको  मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशीलाई  करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जोशीे असोज २१ गते बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिलालाई करणी गरी फरार रहेका थिए। फरार रहेको जोशीलाई आइतवार  साँझ लामालेकबाट पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए। पक्राउ परेका जोशीविरूद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस