सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

२०८० असोज २२, ०९:३६ खबर संवाददाता

काठमाडौं: नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ। शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो।

मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ। दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस