सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०१:११ खबर संवाददाता

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै सत्तापक्ष र प्रतिपक्ष मुख्य दललाई ध्यानाकर्षण गराएको छ। महासंघले तीनै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरित कानुन निर्माण गरिरहेको, समाचार लेखेको तथा राजनीतिक आस्थाका कारण पत्रकार पक्राउ परिरहेको भन्दै प्रमुख दललाई  ध्यानाकर्षण गराएको हो। 

ध्यानाकर्षण पत्र बुझ्दै नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाको लागि पनि पत्रकारको प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको रक्षा गर्न पहल गर्ने बताएका छन्। यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी स्थापनादेखि नै आफ्नोविरुद्ध बोल्नेलाई प्रोत्साहन गर्ने गरेको भन्दै प्रेस स्वतन्त्रता कायम गर्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी विधेयक बनाएर हतारमा संसद्बाट पास गर्ने गरेकाले कानुन निर्माणमा संलग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अध्यक्ष गोविन्द आचार्यले बताए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको माग गर्दै महासंघले पूर्व प्रधानमन्त्रीदेखि सरोकारवाला सबै निकायलाई ध्यानाकर्षण गराइरहेको छ।  

कमेन्ट लोड गर्नुस