सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु

२०८० असोज २१, ०९:५४ खबर संवाददाता

धनगढीः विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ को रौलेश्वर माविका शिक्षक प्रताप मडै बेहोस भएका थिए। उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा मृत्यु भएको हो।

उनलाई तीन दिन अगाडी धनगढी ल्याइएकोमा शनिवार मृत्यु भएको परिवार स्रोतले बताएको छ। उनको घर बैतडीको मडगाँउ हो। उनको मृत्युमा आज विद्यालयले शोक बिदा दिएको छ।

 

कमेन्ट लोड गर्नुस