सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडर जोरायल सडकको तत्काल काम अगाडि बढाउन माग, काम अगाडि नबढाए संघर्षमा उत्रने चेतावनी

२०८० असोज २०, १०:३६ खबर संवाददाता

डोटीः  डोटीको जोरायल गाउँपालिका–२ कटकट्टेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको शनिवार ९ वर्ष पुगेको छ। जोरायल गाउँपालिका–३ ले उक्त दुर्घटनमा परेर ज्यान गुमाएका प्रति स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। उक्त कार्याक्रममा जोरायल–३ का वडा अध्यक्ष नविन ओझाले यती ठुलो दुर्घटना हुदा पनि बुडर–जोरायल सडकको स्तरोन्नती तथा कालोपत्रे नगरेको भन्दै गुनासो गरेका छन्।

साथै तत्काल सडकको स्तरोन्नती गर्न वडा अध्यक्ष ओझाको संकयोजकत्वमा विभिन्न कार्याक्रम गर्ने घोषणा गरेको छ। शनिवार ओझाको संयोजकत्वमा समिति गठन पश्चात प्रेस विज्ञप्ती समेत निकालेको छ। उक्त विज्ञप्तीमा ‘बुडर–जोरायल सडकको स्तरोन्नती तथा कालोपत्रेको लागि ठेक्का सम्झौता गरेको राजेन्द्र सेवा निर्माण कम्पनीले सम्झौता अनुसारको समय भित्र कार्य नगरी अलपत्र पारेको र पुन्ः यस्तै किसिमको क्षेती जोरायल वासिले व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको साथै उक्त कम्पनीले जोरायलल गाउँपालिका–३ चनकट्टेमा रहेका सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको  १५ शैयाको भवनको ठेक्का लिई सो कार्य पनि निर्धारीत समयभित्र ५ प्रतिशत मात्र काम गरि अलपत्र पारेको, पटक पटक समयमै काम सम्पंंन्न गर्न विभिन्न माध्यमबाट अनुरोध गर्दा पनि आलटाल गरी उक्त कंम्पनिका ठेकेदार डडेल्धुरा जिल्ला पर्शुराम नगरपालिका पुर्व प्रमुख तथा हाल नेपालि काँग्रेसका जिल्ला सभापति समेत रहेका भिमबहादुर साउद हाल संम्पर्क विहिन भई ठेक्काका कामहरु अलपत्र पारेकोले माथि उल्लेखित काम समयमै संम्पन्न गर्न अनुरोध  गरेको छ।’

यसका साथै जोरायल–३ का वडा अध्यक्ष नविन ओझाको संयोजकत्वमा जोरायलका स्थानीयलाई संघर्षका कार्यक्रममा ऐक्यवद्धता र सहकार्यको अपिल गरेको छ। उक्त संघर्ष समितिले संघर्षका कार्यक्रम गर्ने पनि घोषणा गरेको छ। २०८० असोज २० देखि २५ सम्म हस्ताक्षर संकलन कार्यक्रम, असोज २६ गते संकलित हस्ताक्षरसहितको १५ दिने कार्य सुरुको समयावधी ज्ञापनपत्र, कार्तिक १३ गते ठेकेदारको विस्तृत विवरण,फोटोसहितको पोष्टर पम्पलेट सामाजिक सञ्जालमा पोष्ट गर्ने, सार्वजनिक स्थल तथा यातायातका साधनमा टाँस्ने र कार्तिक २० गतेदेखि भीमदत्त राजमार्गको बुडर सडक खण्ड अनिश्चितकालिन बन्द गर्ने जनाएको छ। बुडर जोरायल सडकको तत्काल काम अगाडि नबढे संघर्षमा उत्रने चेतावनी समेत दिएका छन्।
No description available.

कमेन्ट लोड गर्नुस