सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली क्रिकेट वर्षाले खेल रद्द भएपछि भारत विजयी

२०८० असोज २०, ०४:५२ खबर संवाददाता

चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिवार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव  २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो। शनिवारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।
 

कमेन्ट लोड गर्नुस