सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट चार टन अबैध आलुसहित ट्रक चालक पक्राउ

२०८० असोज २०, १२:४३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट चार टन आलुसहित ट्रक चालकलाई पक्राउ गरिएको छ।

आज (शनिबार) विहान १० बजे धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहित ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो। बाके जिल्लाको रुपडिया नाकाबाट ल्याइएको अबैध आलु धनगढीबाट जफत गरिएको हो।

भारत  घर भई हाल धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली नजिकै बस्दै आएका ४७ वर्षीय संतिश गुप्ताले चलाएको युपी ७६ के ८२१४ नम्बरको ट्रकमा ३० टन आलु धनगढी ल्याइएको थियो। २६ टन आलुको भन्सार काटेको पाइएपनि चार टन आलुको भन्सार नै नकाटेर भित्र्याएको पाइएको छ।

प्रहरीले अबैध चार टन आलु, ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। ट्रकको करिब २० लाख र आलुको मुल्य एक लाख ८० हजार गरेर २१ लाख ८० हजार बराबरको समान  नियन्त्रणमा लिएर कारबाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस