सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

२०८० असोज २०, ०९:०९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। शुक्रवार राति १० बजेको समयमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधाराचादनी नगरपालिका–६ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ।

उक्त दुर्घटनामा परेर सोही ठाँउका २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। घाइतेको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस