सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०९:५४ खबर संवाददाता

पौडी खेल्न क्रममा नदीमा डुबेर सर्लाहीमा शनिबार दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–९ कुरैनियाका ५ वर्षीय विकास माझी रहेका छन।

उनको घर नजिकैको बाँधमा पौडी  खेल्ने क्रममा  डुबेर मृत्यु भएको हो भने, बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर अर्का ८ वर्षीय सुशान्त परियाको मृत्यु भएको जिल्ला प्रहारी कार्यालय सर्लाहीले जनाएको छ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन् यसै क्रममा पौडी खेल्दै गर्दा डुबेर उनिहरु दुवैको मृत्य भएको हो। मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस