सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा हुने काभा भलिबल कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ

२०८० असोज १९, ०५:४९ खबर संवाददाता

काठमाडौँः  श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच खेलाडीहरूको बिदाइ गरिएको हो।

अर्को हप्तादेखि कोलम्बोमा सुरु हुने प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, साउदी अरब, तुर्केमिनिस्तान र उज्वेकिस्तान समावेश छन्। श्रीलंकामा पहिलो पटक हुन लागेको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्रल एसिया भलिबल एसोसियसन (काभा)को अनुरोधमा सम्भव भएको हो।

नेपालले अक्टोबर ९ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। अक्टोबर १० मा श्रीलंकासँग, अक्टोबर ११ मा अफगानिस्तानसँग, अक्टोबर १३ मा साउदी अरबसँग, अक्टोबर १३ मा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेको छ।
 

कमेन्ट लोड गर्नुस