सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन, ३ वर्षपछि इन्टर्सिपसँगै सिधैँ रोजगारी

२०८० असोज १८, ०४:५५ खबर संवाददाता

धनगढीः  त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ। पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ। अब पढाईं ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्सिप हुनेछ।

उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ। यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरु विदेशमा इन्टर्नसिप गइसकेपछि पुनः फर्किएर थप एक सेमिस्टर अध्ययन गर्नुपथ्र्यो। अब भने लगातार ३ वर्ष पढेपछि विद्यार्थीहरु सिधैँ इन्टर्नसिपमा जानेछन्। उनीहरुले फर्कनु पर्दैन्। इन्टर्नसिप सकाएर उतै जागिर गरेर बस्न सक्छन्। सुदूरपश्चिममा त्रिविको बीएचएम अध्ययन हुने धनगढीको एसपीए कलेज एकमात्रै शैक्षिक संस्था हो।

त्रिविको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई ठूलो लाभ मिलेको एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले बताए। “पहिलेको पाठ्यक्रमले पढाईंकोबीचमा इन्टर्नसिप हुने र तारे होटलहरुमा आकर्षक इन्टर्नसिपको अवसर पाउँदा पनि फर्केर पुनः पढाई सक्नुपर्ने बाध्यता थियो,“ भण्डारीले भने, “नयाँ संशोधित पाठ्यक्रम अनुसार अब विद्यार्थी फर्कनुपर्दैन। यही ३ वर्ष अध्ययन सकेर विदेश जाने र उतै रोजगारीको सुनिश्चितता हुने भएको छ।“ हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले बताए।
 

कमेन्ट लोड गर्नुस