सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा लोटस आई किर्केट कप शुरु

२०८० असोज १७, ०९:१२ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरिया किर्केट क्लबको आयोजनामा लोटस आई किर्केट कप प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी–१ का वडा अध्यक्ष गोपालदत्त भट्टले बुधवार उदघाटन गरे।

लोटस आई सेकेन्डरि स्कुलले प्रायोजन गरेको प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रवर्द्धक रहेको छ। आज पहिलो खेल सैनिक आवासीय महाविद्यालय तेघरि र लोटस आई सेकेन्डरि स्कुल अत्तरिया बिच भएको छ। २६ गतेसम्म चल्ने प्रतियोगितामा कैलाली र कंचनपुरका गरि ८ टिम सहभागी रहेका छन्।

प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख १ हजार  ट्रफी र मेडल पाउने छ। यस्तै दोस्रो हुने टिमलाई ५१ हजार नगद ट्रफी र मेडल उपलब्ध गराइने छ। प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को व्यवस्था गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस