सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वलाई लक्षित गरी अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

२०८० असोज १७, ०८:५९ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियास्थित बसपार्कमा बुधवार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले दशैँ तिहारमा आफ्नो घरतिर फर्किने यात्रुलाई मध्यनजर गरेर अस्थायी समयकालागि यात्रु सहायता कक्ष राखेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बिजया दशमी, दिपावली र छठ पर्वलाई मध्यनजर गरी यात्रु सहायता कक्ष राखिएको बताए। यात्रु सहायता कक्षले नागरिकहरु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित हुने विश्वास लिइएको डिएसपी बरालले बताए।
 

कमेन्ट लोड गर्नुस