धनगढीका एक व्यवसायीमाथि चिर्पट प्रहार
धनगढीः धनगढीमा एक व्यवसायीमाथि कुटपिट भएको छ। धनगढीको जाईमा डेरी व्यवसाय गर्दै आएका कुसल धामीलाई चिर्पट प्रहार गरी कुटपिट गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार स्थानीय सिर्जन खड्का र सन्दीप शाहीको समूहले धामीमाथि कुटपिट गरेका हुन्। आपसी विवादका कारण धामीमाथि स्थानीय युवाको समूहले कुटपिट गरेको प्रहरीले बताएको छ।
बिहान धामीका भाइसँग युवाहरूको टोलीको विवाद भएको र सोही क्रममा फेरि पसलमा आएर विवाद गर्न खोज्दा दाइ कुसलले झगडा छुट्याउन खोज्दा युवाहरूको चिर्पट लागेर धामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।