नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल निलम्बनमा

काठमाडौँः नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा उनलाई दोषी ठहर्याउँदै विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन्।
अदालतमा भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ। पौडेल निलम्बनमा परेसँगै कार्यबाहक प्रबन्ध निर्देशकको जिम्मेवारी संगिता पहाडीलाई दिन लागिएको नेपाल दूरसंचार कम्पनी बोर्ड स्रोतले जानकारी दिएको छ। पहाडी हाल टेलिकममा दोस्रो वरियातामा छिन्।



