आज पानी पर्ने सम्भावना

शनिबार देशको पूर्वी तथा मध्य भाग र पश्चिमका पहाडी भागमा आंशिक बदली भई वर्षा हुन सक्ने सम्भावना रहेको छ। प्रिमनसुन चलिरहेकाले छिनछिनमै मौसम परिवर्तन भइरहेको मौसम पूर्वानुमान महाशाखालेजनाएको छ।
महाशाखाका अनुसार राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भागका एकरदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावनासमेत रहेको छ।
पूर्वमा बनेको न्यूनचापीय प्रणलीको प्रभावले अझै केही दिन पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

