धनगढीमा निर्माण हुने सडकको गुणस्तर कायम गर्न तालिमको आयोजना

२०८० असोज १५, ०१:११
धनगढीः कैलालीको धनगढीमा निर्माण हुने सडकको गुणस्तर कायम गर्ने विषयमा तीन दिने तालिमको आयोजना गरिएको छ।
सोमबारदेखि धनगढी उपमहानगरभित्र निर्माण हुने सडकहरुको गुणस्तर कायम गर्ने विषयमा तालिम दिन सुरु गरिएको हो।
उपमहानगरभित्र कार्यरत ईन्जिनियर, सव–ईन्जिनियर तथा असिस्टेन्टहरुका लागि तीनदिने तालिमको आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ। आज (सोमबार) बाट सुरु भएको सडक निर्माण तथा सुपरिवेक्षण सम्वन्धिको तालिम यही असोज १७ गतेसम्म चल्नेछ।




कमेन्ट लोड गर्नुस